चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर मृत्यु भएको छ भर्ने उनका साथी शेरबहादुर बुढा बेहोस भएका छन् ।
नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासि आएको चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको नगरपालिका–११ की वडाअध्यक्ष कुञ्जुमा कुमाईले बताइन् ।
बेहोस भएका बुढा एक घण्टापछि होसमा आएर घरतिर ल्याएका छन् भने मृतक कुमाईको पोष्टमाटका लागि जिल्ला अस्पताल ठिनी ल्याउने भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास हमालले जानकारी दिएका छन् भने भेडाहरूमा कुनै पनि क्षेत्री नभएको प्रहरी प्रमुख हमालले बताएका छन् ।