भाइबरको डिजिटल वालेट र अन्य सेवा विस्तार «

भाइबरको डिजिटल वालेट र अन्य सेवा विस्तार

आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्तालाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।
भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।
प्रयोगकर्तालाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर ‘इन–एप’ पेमेन्ट सर्भिस सुरु गर्न तयार भइसकेको छ । बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिंक गर्न सकिनेछ । भाइबरले सुरुमा प्रोयगकर्तालाई नि:शुल्क उपलब्ध ‘पियर–टू–पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ, यस सेवाको प्रारम्भिक कालमा, अन्य मार्केटमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताबाट सल्लाह–सुझाव लिनेछ ।
“उपस्थित व्यवधानहरू माझ कम्पनीको उद्देश्य प्राप्तिका निम्ति लागिरहँदा एक सिइओका हैसियतले राकुटेन भाइबरको उद्देश्य केन्द्रित टिमको नेतृत्व लिन र हिस्सा बन्न पाएकोमा म ज्यादै गौरवान्वित महसुस गरिरहेको छु । यसका साथै, प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्तत: एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ । भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ त्यस स्थानमा ल्याई पुर्‍याउनका निम्ति हाम्रो यात्रामा साथ दिनुहुने सम्पूर्ण कर्मचारीप्रति म सदैव आभार रहनेछु” ओफिर इयालले भने ।
गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् । सिइओमा नियुक्ति हुनअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आएका थिए ।
नेपालमा, ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ । एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला–साना व्यवसाय र शैक्षिक संस्थाबाट उल्लेखनीय रूपमा विश्वास र इमान्दारिता बटुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्