अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर दिने

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरणसभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । साधरणसभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रस्ताव पेस गरेका थिए । उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताए ।
निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोसी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताए । घिसिङले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोसी पाँचौं आयोजना निर्माण गर्ने प्राधिकरणको लक्ष्य रहेको बताए । उनले त्यसको लागि पनि तामाकोसी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोसी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताए । उनले सो आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । अहिले अपर तामाकोसीको सेयर मूल्य ५ सय भन्दा कम छ । तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।