ग्वार्कोमा यामाहा शोरुम «

ग्वार्कोमा यामाहा शोरुम

नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ शोरुम सुरु गरेको छ । यामाहाको पुरानो तथा विश्वासिलो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको हो ।
ललितपुरमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गरी एमएडब्लूले नयाँ शोरुम स्थापना गरेको हो । नयाँ सोरुमको उद्घाटन मिस नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेकी हुन् । “यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरिसकेको छ । हामीसँग फरक पृष्ठभूमिका राइडरहरूकालाई मिल्ने फरक–फरक प्रकारका मोडलहरू उपलब्ध छन्,” उद्घाटनका क्रममा एमएडब्लू इन्टरप्राइजेजका एजीएम दीपक रौनियारले भने, “यामाहाका मोटरसाइकल र स्कुटरको लोकप्रियता तीव्र गतिमा बढिरहेकै कारणले हामीले ठाउँ–ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्दै आएका छौं । यो नयाँ शोरुमबाट पनि ग्राहकले गुणस्तरीय सेवा पाउने विश्वास हामी दिलाउन चाहन्छौं ।”
त्यसैगरी, रिसिक अटोमोबाइल्का प्रबन्ध निर्देशक मिलनबाबु मल्लले पनि नयाँ शोरुम स्थापना भएकोप्रति खुसी व्यक्त गरे । उनले निकट भविष्यमा नयाँ सोरुमबाट सर्भिसको सुविधा पनि थाल्ने जानकारी गराए । रिसिक अटोमोबाइल्सको पहिलो सोरुम ललितपुरको कुमारीपाटीमा अवस्थित छ जहाँबाट ग्राहकले विश्वसस्तरीय ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर्स)को सुविधा पाइरहेका छन् ।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रूपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरूमा माइलेज बढी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्