Logo

‘होटल एलिस द वन्डर इन’सञ्चालनको तयारीमा

होटल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्माणकार्य भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ ।
हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु छन्। पर्यटकीय दृष्टिकोणले निकै रमणीय रुमामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृश्य रहेको छ ।
होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरुमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तीर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।
होटल पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने विश्वास लिएको होटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्