विमान पत्ता लगाउने ड्रोन «

विमान पत्ता लगाउने ड्रोन

ड्रोन बनाउने कम्पनी डीजेआईले आफ्ना उपभोक्ताहरूका लागि बनाउने ड्रोनमा वरिपरि विमान वा हेलिकप्टर रहेको जानकारी पाउने फिचर राखेर ल्याउन लागेको जनाएको छ ।
ड्रोनमा यो फिचर भए उपभोक्ताहरूले यसको उपयोग हेलिकप्टर र विमानसँग नठोकिने गरी गर्न सक्ने उसले जनाएको छ ।
डिजेआइले आफ्ना सबै ड्रोनमा यो फिचर जडान गर्ने । यसमा जडान गरिने एयरसेन्स सिस्टमले अर्को विमानको संकेत गर्नेछ । यो प्रणालीले वरिपरि विमान रहेको जानकारी दिएपछि ड्रोन चालकले त्यस अनुसार चलाउने छ ।
एयरसेन्सले अहिले स्वचालनमा आधारित निगरानीको उपयोग गरेको छ ।
स्वचालन आधारित निगरानी बीले स्याटेलाइट लोकेशन डेटाबाट संकेतहरू दिने गर्छ । यसले उचाइ र स्थानको सूचना दिन्छ । कम्पनीले यो जानकारी आफ्नो ब्लगमा उल्लेख गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्