८ हजार मिटरमाथिका १४ हिमालको दोहोर्‍याएर आरोहण «

८ हजार मिटरमाथिका १४ हिमालको दोहोर्‍याएर आरोहण

विश्वभरका ८ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल दोहोर्‍याएर (दोस्रोपटक) आरोहण गरी आरोही सानु शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । पछिल्लो समय पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो गोसेब्रुरुम–२ हिमालको आरोहण पूरा गरेर शेर्पालेयो कीर्तिमान राखेका हुन् ।
शेर्पा आरोहण पूरा गरेर शनिबार काठमाडौं आइपुगेका छन् । सन् २००६ बाट आरोहण सुरु गरेका शेर्पाले १४ वटा हिमालको दोहोर्‍याएर आरोहण पूरा गरेका छन् । उनले सन् २०२२ मा नै ६ वटा हिमालको आरोहण गरेका थिए । संखुवासभा स्थायी घर भएका शेर्पाले यो वर्ष नै ६ वटा हिमालको आरोहण पूरा गरेका पायोनियर एड्भेन्चर ट्रेक्सका सहसंस्थापक निभेस कार्कीले बताए । उनका अनुसार शेर्पाले ८ हजार मिटरमाथिका हिमालको पटक पटक गरेर ३७ पटक आरोहण गरिसकेका छन् ।

सन् २०१९ बाट दोस्रो पटक हिमाल आरोहण गर्ने अभियान सुरु गरेका शेर्पालाई शनिबार विमानस्थलमा नागरिक अभिनन्दन गरिएको थियो । आरोही शेर्पालाई पर्वतीय पर्यटनको सरोकारवाला निकाय नेपाल पर्वतारोहण संघ तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गरेका थिए ।
शेर्पाले विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको ६ पटक आरोहण गरिसकेका छन् । उनले सन् २००७, २००८, २००९, २०१२, २०१३, २०१६ र २०१७ मा सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्