कांग्रेसको पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण सुरु «

कांग्रेसको पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण सुरु

नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको हो ।
अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको जिल्ला कार्य समिति म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिए । रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजाको अध्याक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेलाई बिजयी गराउने अभियानमा केन्द्रीत हुन आग्रह गरे ।
निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँ टोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्ने निर्देशन दिएका थिए । कार्यक्रममा पूर्वसभापति रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारीलगायतका नेताहरूले समेत चुनाबकेन्द्रित अभियानमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।
जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । नेकपा एमालले पनि पालिका र वडास्तरको कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । २०७९ साल मंसिर ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्