राजनीति गनाएको काठमाडौंको फोहोर «

राजनीति गनाएको काठमाडौंको फोहोर

फोहोर समस्याले उपत्यकाबासी आजित भएका छन् । यसलाई दीर्घकालीन रूपमा समस्या समाधान नगर्दासम्म यो समस्याले सहरबासीलाई आजित बनाइरहने देखिन्छ । फोहोरको समस्या आजको मात्र होइन करिब तीन दशकदेखि यस्तै चलिरहेको छ । बेला बेलामा राजनीतिक दलहरूले यसलाई झन् फोहोरी बनाउँछन् र समस्या समाधान गर्नु भन्दा पनि राजनीति गर्ने माध्यम बनाएका छन् । संघीय राजधानीसमेत रहेको उपत्यकामा यो दुर्दशा हुनु अति नै लज्जास्पद हो ।
देश संघीय संरचनामा गइसकेपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । पहिलो पटक काठमाडौं महानगरपालिकामा दलका प्रतिनिधिले नगर प्रमुखको चुनाव जितेका थिए तर अहिले स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । अहिले दलका प्रतिनिधि तथा दललाई पनि उपत्यकाको फोहोर व्यवस्थापन टाउको दु:खाइ भएको छ । दलका नेताले यसैलाई राजनीतिक एजेण्डा बनाई चुनाव जित्ने रणनीति पनि बनाएको बुझ्न सकिन्छ ।
स्वतन्त्र उम्मेदवार बालेन साहले महनगरको चुनाव जितेपछि राजनीतिक दलले कसरी यिनलाई असफल बनाउन सकिन्छ भनी लागिपरेको गाइँ गुइँकाबीच नेपालको अन्तर्राष्ट्रिय बेइज्जत पनि भइरहेको छ । बालेन आफ्नो बुद्धि र विवेकले भ्याएसम्म फोहोर व्यवस्थापनमा लागिपरेका बताउँछन् तर उनमा पनि केटाकेटीपन देखिएको छ । आफू कार्यकारी पदमा चुनाव लड्दै गर्दा उनलाई हेक्का हुनु पथ्र्यो कि काठमाडौंका समस्या के के छन्, र कस कसद्वारा सिर्जित छन् । त्यसैले दलको असहयोगले काठमाडौंको फोहोर उठ्न सकेन भन्नु एक प्रकारको उनको हार हो । उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरका केही वडाध्यक्षसँग कारोबारले गरेको कुराकानीको सार :

हामीले फोहोर मात्रै फाल्यौं, व्यवस्थापन कहिल्यै गरेनौ
मुकुन्द गजुरेल
वडाध्यक्ष, कामनपा–१
वडा नम्बर १ बाट एउटा कम्पनीले मात्रै जिम्मा लिएको छ । जस्तो— नाम महिला वातावरण समूह हो ।
हामीले अहिलेसम्म फोहोर फाल्ने मात्रै काम गर्‍यौं, फोहोर व्यवस्थापन त कहिल्यै गरेकै छैनौं । व्यवस्थापन भनेको एक ठाउँबाट टिप्ने, अर्को ठाउँमा फाल्ने त होइन नि ! त्यसबाट कुहिने र नकुहिने फोहोर छुट्ट्याउनै पर्‍यो । कुहिने फोहोरको मल बनाउनुपर्‍यो, नकुहिने फोहोरलाई रियुज गर्नुपर्‍यो । यसलाई हामीले अहिलेसम्म केही गरेका छैनौं, न सरकारले गरेको छ न स्थानीय सरकारले गरेको छ । यसको कसैले पनि सम्भवै नदेखेको हो कि नगरेको हो, के भएको हो ? सबैभन्दा ठूलो कुरा फोहोर व्यवस्थापन हो । फोहोर फाल्नु नै एक समस्या हो । सबै फोहोर फाल्दै राख्दै गरेका छौँ । व्यवस्थापन गरेका छैनौं । यसको मुख्य समस्या यही हो ।
यो राष्ट्रिय समस्या हो, यसको राष्ट्रिय विवरणबाट समाधान गर्नुपर्छ । सरकारको मात्र नभएर नागरिकको पनि काम हो फोहोर छुट्ट्याएर राख्नुपर्ने, छुट्ट्याएपछि कसरी व्यवस्थापन गर्ने भन्ने काम सरकारको हो । त्यसैगरी सबै तहको काम छ । आफ्नो–आफ्नो जिम्मेवारी छ, तर गर्दैनौं हामी, व्यवस्थापन गरेका छैनौं । व्यवस्थापन गरेपछि पछि समाधान हुने होला । यसै त हुँदैन । त्यसैले सबै तहले काम अथवा व्यवस्थापन गर्न जरुरी छ । अनि मात्रै समाधान निस्कन्छ, नत्र गाह्रो छ । यो सामान्य कुरा पनि होइन, जति पछि झन् जटिल भएको अवस्था पनि छ ।
यो अब वडाको तहमा भनेर सम्भव छैन, यसको साधन जहाँ छ, जसले स्रोतसाधन परिचालन गर्न सक्छ । यसलाई सरकारले सहयोग गर्नुपर्छ । फोहोर व्यवस्था गर्ने, फाल्ने ठाउँ बनाइदिने जति पनि काम छ, हुँदैन । प्रदेश सरकार, संघीय सरकार हुँदै नागरिक यो सबैको काम हो नि त ! कुनै संस्था, प्रदेशको निजी काम होइन । सबैको साझा समस्या हो । सबै भएर काम गरे मात्रै व्यवस्था हुन्छ ।
स्रोतकै ठूलो समाधान गर्ने पार्ट हो । कुहिने/नकुहिने कसरी व्यवस्थापन गर्ने, जसरी रि–युज गर्न सक्छौं, त्यसलाई कसरी रि–युज गर्ने भन्ने कुरा पनि जान्नुपर्‍यो, त्यसरी गर्ने । तीनवटा ‘आर’को प्रयोग गर्ने । रि–युज, रिसाइकल, रिसोर्स गर्ने । यो तरिका हामीले अपनाएका छैनौं । मैले यो गर्नुपर्छ, बल्ल समाधान हुन्छ भनेर सकिन्थ्यो, अब अझै जटिल बन्यो यो समस्या । सही व्यवस्था गरे मात्रै सकिन्छ । समिति, मेयर, वडाले गर्ने हामी सबैको साझा काम हो । नागरिकलाई वडाले कहाँ फाल्ने भन्ने कुरा मिलाउने हो । वडाको काम नागरिकको फोहोरको पैसा दिने होइन ।

उपयोगमा नआएका फोहोरमात्रै फाल्ने योजना बनाउँदै छौं
उपेन्द्र कार्की
नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका
अलिअलि राजनीतिको कारण पनि हो भने अलिअलि व्यवस्थापकको पनि हो । बोल्ने र काम गर्नुमा फरक हुन्छ भन्ने कुरा थाहा भएकै हो । यसलाई चाहिँ दीर्घकालीन रूपमा सबै हटाउनुपर्छ । बन्चरेडाँडामा नै फाल्नुपर्छ भन्ने किसिमको पत्राचार भएकाले हामीले यसलाई नै ठूलो समस्याको रूपमा लिन सक्छौं ।
यसलाई आआफ्नो नैतिकताले व्यवस्थापन गर्ने र फोहोरलाई सकभर एकदम सुरक्षित व्यवस्थापन गर्ने र यसलाई यसलाई चाहिँ कमभन्दा कम फोहोर हुने गरी काम गर्ने गर्‍यौं भने समाधान हुनसक्छ, नत्र यस्तै हो । यो व्यवस्थापन हुन कठिन नै छ र अन्यथा घरीघरी बल्झिरहेको समस्या यसरी नै चल्छ जस्तो लाग्छ मलाई ।
प्रविधिको प्रयोग गरेर आफ्नो नगरको फोहोर अनुशासित रूपमा घरघरबाट उठाउने मानिसलाई मेरो फोहोरको जिम्मेवारी र व्यवस्थापनमा म आफैं लाग्छु भन्ने खालको सद्बुद्धि वृद्धि सिर्जना गर्ने र नगरले आफूभित्रको फोहोरलाई एउटा वृत्ति ठहर गर्ने प्रविधि प्रयोग गरेर त्यसको विद्युत् व्यवस्थापनमा ध्यान दिने, योभन्दा अलि नयाँ थिएन । हामी पनि त्यसका लागि विभिन्न पक्षसँग अन्तत्र्रिmया गरिरहेका छौं । धेरै निजी क्षेत्रसँग नि कुरा गर्दै छौं । अहिलेसम्म हाम्रो नगरपालिकाले उठाउने अनि लगेर फाल्ने मात्र अभियान छ । अब हामी आउने फोहोरलाई रि–युज, रिसाइकल, रिड्युस गर्ने, मल निकाल्ने, ग्यास निकाल्ने, कति पनि काम हुन्छन् गर्ने । नकुहिनेलाई रि–युज गर्ने फुल बनाउन सकियो, हेर्ने बुझ्ने हो भने यसका धेरै फाइदा छ र उपयोगी नभएका फोहोर मात्रै फाल्ने भन्ने योजना तयार गर्दै छौँ ।
हाम्रो फोहोर उठ्न थालेको छ । हामीले यो फोहोर उठाएका छौं तर योचाहिँ दीर्घकालीन समस्याको समाधान होइन । तुरुन्तै यो पक्षमा प्राविधिक काम गर्नुपर्नेछ र यसको सुरुवात पनि भइसकेको छ । म धेरै भन्दिनँ, यो नगरपालिकाले धेरै होइन, सात महिनाभित्रमा नगरको फोहोर व्यवस्थापनको समस्या धेरै छ, त्यसैले यसले एउटा उपयुक्त बाटो समातिसकेको हुनेछ । हाम्रो नगरपालिकाको फोहोर २५ औं, ३० औं वर्षसम्म कसैको टाउको दुखाइको विषय बन्ने छैन, त हामी त्यो हिसाबले अगाडि बढ्दै छौं र यसपछि समाधान पनि हुन्छ । समस्या पनि देखिँदैन, अहिलेलाई हामीले व्यवस्थित गर्दै छौं । हाम्रो नगरको फोहोर पनि उठिसक्यो ।

फोहोर व्यवस्थापन गर्ने ठाउँ तोक्नै सकिएन
भीमसेन थापा
वडाध्यक्ष, कागेश्वरी मनोहरा नगरपालिका–७
फोहोर उठाउने तीनवटा कम्पनी छन्, निराकर, लेभर म्यानेजमेन्ट, गौरीशंकर । कागेश्वरी नगरले फोहोर व्यवस्थापन गर्ने ठाउँ तोक्न नसकेर हो । जनतालाई पनि सबै फोहोर गाडीमा नभए सडकमा फाल्ने बानी नै यसको समस्या हो ।
फोहोर कहाँ फाल्ने भन्ने कुरा तोक्न सक्यो भने पनि यसको व्यवस्थापन हुन सक्छ र अर्को के हुनुपर्‍यो भने ‘माई वेस्ट माई रेस्पोन्सिबिलिटी (मेरो फोहोरको जिम्मेवारी म आफैं) भन्ने धारणा वा उपभोक्ताहरूले पनि मेरो गेटभन्दा बाहिर राखे पनि समुदाय नै सफा हुन्छ भन्ने खालको मानसिकता हटाउनुपर्‍यो । अर्को एउटा कुरा हामीले घरमै फोहोरलाई व्यवस्थापन गरेर फोहोरलाई मोहोर बनाउने । त्यसलाई दुई–तीनवटा प्रविधिबाट बनाउन सक्छौं—
१) नकुहिने फोहोर जस्तै— प्लास्टिकजन्य छुट्ट्याएर विविध सामान बनाउन सक्छांै वा कम प्रयोग गरी त्यसको जलाएर न्यूनीकरण गर्न सक्छौं । जम्मा गर्दा गन्हाउँदा नि गन्हाउँदैन । त्यसलाई हामीले जम्मा गरेर बेच्न पनि सक्छौं ।
२) कुहिने फोहोरलाई कुहिने फोहोरको जग्गा हुनेले खाडल, नहुनेले डस्बिन बनाएर जैविक मल बनाएर त्यसलाई क्यास गर्न सक्छौं । नगरले के नीति गरेको छ भने यो स्वीकृत गर्नका लागि विपक्ष साझेदारी जान सक्यौं भने यो सम्भावना रहन्छ ।
३) तीन वस्तुलाई फोहोर मान्न सकिन्छ, कुहिने/नकुहिने र सिसा, फलाम । त्यसलाई एकवटालाई उपभोक्ता आफैंले गर्ने, अर्को दुईवटा नगरलाई दिन सके पनि राम्रो व्यवस्थापन हुन्छ ।
यो नगर सभाको पहिला नै हामीले फोहोरको विषयमा कुरा गरेका थियौं । त्यति बेला हामीले घरमा व्यवस्थापन हुन सक्ने फोहोरलाई कसरी गर्ने भन्ने कार्यक्रम आयोजना गरी सिकाउने र प्रयोग नहुने, विस्थापित नै गर्नुपर्ने फोहोरलाई हाम्रो नगरमा ठाउँ व्यवस्थापन गर्ने योजना तयार पारेका छौं ।

जग्गा घट्नाले फोहोर व्यवस्थापन हुन सकेन
विजय श्रेष्ठ
वडाध्यक्ष, कामनपा–४
अहिले लाने ठाउँ नभएर वडाको वडामै राख्ने गरिएको छ । हामीले फोहोर फाल्ने ठाउँ (बन्चरेडाँडा) बन्द भएर कुहिनेलाई घरघरमा व्यवस्थापन गरिरहेका छौं । वडावासीले नकुहिनेलाई चाहिँ वडाकै एक ठाउँमा राख्ने गरेका छौँ । बञ्चरे डाँडामा खुलेपछि यो फोहोर पनि उठ्छ ।
फोहोर व्यवस्थापन हुन नसक्नुको मुख्य कारण
फोहोर व्यवस्थापन हुन नसक्नुको मुख्य कारण भनेको जग्गा घट्नु हो । आफ्नो जग्गामा राख्ने ठाउँ नभएरै हो । पहिले–पहिले त घरघरमै हामी आफैं व्यवस्थापन गथ्र्यौं । अहिले जग्गा पुगेन, थोरै भयो । जनसंख्याको चाप भयो । जग्गामा मल राख्ने ठाउँ पनि भएन ।
अहिले अब फोहोर फाल्नलाई बञ्चरे डाँडा नखुल्दासम्म त आफैंले व्यवस्थापन गर्नु भनेको छ वडावासीलाई, खुलेपछि समाधान भइहाल्छ ।
बञ्चरे डाँडा खुलेपछि समस्याको समाधान त भइ नै हाल्छ । यो राष्ट्रिय समस्या हो । मेयरदेखि मन्त्रीसम्मले हेर्ने समस्या हो । हामीले त्यहाँ लाने बाटो बनाउने हो, कहाँ फाल्ने, कसरी राख्ने, राष्ट्रको समस्या हो । वडाले गर्नुपर्ने आफ्नो कर्तव्य गरिरहेको छ । वडाले केही समयका लागि नागरिकलाई नै फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएको छ र बञ्चरे डाँडा खुलेपछि समस्या समाधान पनि हुन्छ ।
यसरी सरकारको भरमा बसेपछि त तपाईं हाम्रो वडा त दुर्गन्धित हुँदैन । अरू उपाय पनि सोच्नुपर्‍यो नि ! वडाले पनि कि केही सोच्नुभएको छैन ?
अब लाने ठाउँ नै नभएपछि के गर्ने त ? त्यो त हामीलाई सरकारले बताइदिन्छ अनि हामी लान्छौं, फाल्छौं । सबै वडा–वडामा फाल्दा त धेरै दुर्गन्धित होला, व्यवस्था गर्न नसकिएला । त्यसैले यो वडामात्र नभई राष्ट्रले हेर्नुपर्छ, मिलाउनुपर्छ । बल्ल समाधान हुन्छ, नभए यस्तै हो ।

नगरले दीर्घकालीन रूपमा समस्या समाधानको खोजी गर्दैछ
हरिभक्त पुडासैनी
वडाध्यक्ष, कामनपा–८
बञ्चरेडाँडामा फोहोर फाल्न नदिएर फोहोर उठ्न नसकेको हो भन्ने बुझिन्छ । व्यवस्थापक समितिसँग कुरा गर्दाखेरि बञ्चरेडाँडामा चाहिँ नजिकका बस्तीमा हानि भयो, हामी बस्न सकेनौं भन्ने कुराले उनीहरूले फोहोर फाल्न नदिएका कारण फोहोर उठाउने कम्पनीले फाल्ने ठाउँ नहुँदा कसैले पनि फोहोर उठाएका छैनन् । नउठाए फोहोर यसरी अव्यवस्थित भएर यस्तो समस्या देखिन्छ ।
दीर्घकालीन समाधानका लागि सरकारलाई सोधपुछ गर्नुपर्‍यो । हाम्रो नगरपालिकाले सकेसम्म आफ्नै नगरमा फोहोर फाल्ने ठाउँ राम्रो कहाँ हुन सक्छ, त्यसको निरीक्षण गरेर फोहोरलाई फोहोरलाई वेस्टमामा राख्ने साथै सबै जनतालाई जनचेतनामूलक कार्यक्रम चलाएर फोहोरलाई कसरी वेस्टमा लाने भन्ने कुरा सिकाएर साथै त्यही कार्यविधि बनाएर काम गयो भने समाधान निस्केला ।
कहिले भन्दा पनि कसरी आवश्यक पर्छ । यो वडाको काम त होइन, नगरबाट सुरु हुने काम हो । हाम्रो नगरले पनि दीर्घकालीन रूपमा कसरी समाधान गर्ने भन्ने कुराको खोजी गर्दै छ । साथै टोलटोलमा गएर जन जगाउने काम जस्तै कसरी फोहोरको वेस्ट बनाउने भन्ने जस्ता कार्ययोजना बनाइसकेको छ र छिटै यो हुन्छ पनि । एकैचोटि समाधान गर्ने कुरा त होइन, तर बिस्तारै गर्न सकिन्छ । यतिका वर्ष २०/३५ वर्षअघि देखिको समस्या हो समय त लाग्छ ।

प्रतिक्रिया दिनुहोस्