एनएमबि बैंकको स्मार्ट नारी बचत खाता «

एनएमबि बैंकको स्मार्ट नारी बचत खाता

एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना एनएमबि स्मार्ट नारी बचत खाता प्रस्तुत गरेको छ ।
महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन ल्याइएको योजना अन्तर्गत ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
त्यसैगरी ग्राहकले नि:शुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरोसेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्