Logo

माछापुच्छरे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

माछापुच्छरे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छरे बैंकले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्यूआर हस्तान्तरण गरेको हो । नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीेले क्यूआर हस्तान्तरण गरेका छन् ।
उक्त क्यूआर हस्तान्तरणपछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।
नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्