कामना सेवा विकास बैंकको मर्चेन्ट बोनस योजना सार्वजनिक «

कामना सेवा विकास बैंकको मर्चेन्ट बोनस योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्ना फोन पे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्दै मर्चेण्ट बोनस योजना ल्याएको छ ।
यो योजना बैंकले आफ्नो फोन पे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका सुरु गरेको जनाएको छ ।
‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजनाअन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा सो रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनसबापत बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको ‘डिजिटल पेमेन्ट वर्ष’ लाई टेवा पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्