हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्ने सुविधा «

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्ने सुविधा

प्रयोगकर्ताबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् ।
स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौषाएको बताइएको छ ।
देश तथा विदेशमा रहेका नेपालीमूलका मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको छ ।
अहिले थपिएका सुविधामा विशेषज्ञ डाक्टरले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ ।
पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ । यसअघि बिरामी र डाक्टर दुईजना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसार परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्