जिल्ला कारागार मोरङमा जीवन विकास लघुवित्तको समयोग «

जिल्ला कारागार मोरङमा जीवन विकास लघुवित्तको समयोग

जीवनविकास लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ ।
सो कारागारमा करिब ११०० कैदी रहेका छन् । सो खानेपानी जडानले त्यहा रहेका ११०० कैदी लाभान्वीत हुनेछन् । उक्त कारागारमा पानीमा विभिन्न केमिकल मिसावट भएकाले छाला सम्बन्धि एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो । सो प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने विस्वास लिएको लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्