सिटी एक्सप्रेस र राष्ट्रिय वाणिज्य बैंकबिच सम्झौता «

सिटी एक्सप्रेस र राष्ट्रिय वाणिज्य बैंकबिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच रेमिटेन्स सेवा सुरु भएको छ । सम्झौतापश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने बैकले जनाएको छ । यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास बैकले लिएको भन्दै उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्र्ेजरी)प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसकातर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्