पशु स्वास्थ्य विधेयक सच्याउन माग «

पशु स्वास्थ्य विधेयक सच्याउन माग

नेपाल भेटनरी एशोसिएसनले ३१ साउनमा संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो ।
एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफूहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ । त्यसको विरोधमा संघले आगामी १ देखि ५ भदौसम्म कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा.कृष्णभक्त काफ्लेले संघले उठाएका मागको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपक्ति जनाए । विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज माग सम्बोधन गर्न उनले जोडदार माग गरे ।
उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफूहरुले उठाएका न्युनतम जायज मागलाई वेवास्ता गरेको गुनासो पोखे ।
नेपाल भेटेनरी एसोसियशनका पूर्व उपाध्यक्ष श्रीराम अधिकारी, नेपाल भेटेनरी काउन्सिलका पुर्व अध्यक्ष डा.सीताराम अर्याल, स्वयमप्रकाश श्रेष्ठ, डा.वंशी शर्मालगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्