छत्रगन्ज अर्घाखाँचीमा नेपाल बंगलादेश बैंकको ५५ औं शाखा «

छत्रगन्ज अर्घाखाँचीमा नेपाल बंगलादेश बैंकको ५५ औं शाखा

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले माघ १५ गते अर्घाखाँची जिल्लाको छत्रगन्जबाट नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रम बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा र छत्रगन्ज गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको सभापतित्वमा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालबाट उद्घाटन गरिएको थियो ।
छत्रगन्ज शाखासहित बैंकले ५५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४९ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ । आव ०७३÷७४ मा बैंकको कूल निक्षेप ४३.७१ अर्ब, कुल कर्जा ३७.४६ अर्ब र खुद नाफा १.२० अर्ब रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्