जननमुना माविको कागजात अख्तियारको नियन्त्रणमा «

जननमुना माविको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ स्थित जननमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्नावापत विद्यार्थीहरुबाट शुल्क लिएको आशंकामा नगद सहित कागजात नियन्त्रणमा लिएको छ ।
अदालतको आदेश विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएको भन्ने उजुरीका आधारमा बुधबार अख्तियारको टोलीले नगद रु. २ लाख ७६ हजार ६९० सहित कागजात नियन्त्रणमा लिएको हो । यसअघि जननमुना माविलाई विपक्षी बनाइ दिइएको रिटमा उच्च अदालत सुर्खेतले संविधानले व्यवस्था गरेबमोजिम कक्षा १२ सम्म कुनै पनि बहानामा विधार्थीबाट शुल्क नलिन परमादेश थिएको थियो ।
भर्ना गर्दा रकम असुल गरी बील समेत नदिएको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विनारसिद लिइएको रकम समेत बरामत गरेको छ । साथै नियम विपरित विनारसिद शुल्क असुल गरेका अन्य विद्यालयहरुको समेत छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्