विज्ञकेन्द्र धनकुटाले ८ करोड माथिका कार्यक्रम सञ्चालन गर्ने «

विज्ञकेन्द्र धनकुटाले ८ करोड माथिका कार्यक्रम सञ्चालन गर्ने

धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आर्थिक बर्षमा सञ्चालन ८ करोड ४९ लाख ६१ हजार बराबरका ३५ वटा कार्यक्रम संचालन गर्ने भएको छ । धनकुटाकमा बुधबार गरीएको एक कार्यक्रमका बीच भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले उक्त जानकारी दिएका हुन् ।
केन्द्रले पिपिआर रोग नियन्त्रण, खोरेत रोग नियन्त्रण, द्धन्द पिडित पशुपन्छी पालन कार्यक्रम, यूवा लक्षित पशुविकास कार्यक्रम, दुध उत्पादनका आधारमा अनुदान कार्यक्रम, पशुबिमासम्बन्धी कार्यक्रमलगायतका ३५ शीर्षकमा कार्यक्रम गर्ने उनकोे भनाई थियो साथै कार्यलयले अघिल्लो आर्थिक बर्षमा गरेका कामको विवरणसमेत सार्वजनिक गरेको थियो ।
कार्यक्रममा बोल्ने सरोकारवालाहरूले कृषि पेशा लाइ अव निर्वाहमुखी पेशा बाट व्यावसायिक बनाउन आवश्यक रहेको बताएका थिए साथै व्यावस्थित र व्यावसायकि बनाउन आवश्यक भएको धारण समेत राखेका थिए । देशमा अझै पनि ठूलो मात्रामा वस्तुहरू आयत हुने गरेको बताउँदै त्यसको विस्थापनका लागि उत्पादनमा जोड दिनु पर्ने, काम गर्ने लाई अनुुदान र सहयोग गर्नु पर्ने, कागजी रुपमा मात्र काम गर्ने प्रवृति लाई निरुत्साहित गरे धारणसमेत कृषकका प्रतिनिधीहरूको थियो ।

प्रतिक्रिया दिनुहोस्