सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा स्तरोन्नति «

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ ।
यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जसमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवा उपभोग गर्न सक्नेछन् ।
यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकले उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्