ट्रेडमलको चाडपर्व लक्षित योजना «

ट्रेडमलको चाडपर्व लक्षित योजना

पोखराको ठूलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलले दसैंँ तिहारलाई लक्षित गरी उपहार योजना ल्याएको छ ।
ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही १ भदौदेखि ३० कात्तिकसम्म ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएका छन् ।
टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले नि:शुल्क उपहार कुपन प्राप्त गरी लाखौंको उपहार जित्न सक्ने भएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए ।
चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्ने लक्ष्य रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्