सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता «

सानिमा बैंकको ‘सानिमा फेमली सुपर सेभिङ’ खाता

सानिमा बैंकले आफूलगायत परिवारका सम्पूर्ण सदस्यका लागि लक्षित गरी सानिमा फेमली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।
नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी एक लाखसम्मको औषधि उपचार बिमासहितको सानिमा फेमली सुपर सेभिङ खाता ल्याएको हो ।
वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बिमा, ३ लाखको ६ घातक रोगहरुको बिमा, २५ हजारको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको छ ।
यसबाट ग्राहकलाई औषधि उपचार खर्च गरी बिमा बापत सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बिमा पोलीसी नम्बर उपलब्ध गराएर औषधि उपचार गराउन सक्ने बैंक्ले जनाएको छ । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने बताइएको छ ।
साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा नि:शुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, नि:शुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, नि:शुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्