भारतमा ७ लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट

गत वर्षको बजेटमा वित्त मन्त्री अरुण जेटलीले आम्दानी करमा परिवर्तन गर्ने घोषणा गरेका थिए । यो घोषणामा २.५० लाख भारुको आम्दानीमा कुनै पनि आम्दानी कर नलाग्ने बताइएको थियो । यो भन्दा माथि ५ लाख सम्मको आम्दानीमा ५ प्रतिशतको कर लगाइएको थियो । तर यो वर्षको बजेटमा जेटलीले ७.५ लाख भारुसम्म कर शून्य गर्न सक्ने सीए तथा आम्दानी करका विज्ञ अतुल कुमारले बताएका छन् ।