‘मेगा म्याजिक मुद्दति योजना’ सार्वजनिक

मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दति योजना’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने ग्राहकहरूले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
त्यसैगरी, रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकहरूले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले बताएको छ ।
बैंकको यो म्याजिक मुद्दति निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दति खाता खोल्ने ग्राहकले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दति खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने बैंकले जनाएको छ ।
यस प्रकारको योजनाले ग्राहकलाई बचतमा प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।