दुई करोड ७५ लाख विद्युत महशुल उठ्यो «

दुई करोड ७५ लाख विद्युत महशुल उठ्यो

नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले विद्युत महशुलको बक्यौता नतिर्ने उपभोक्ताको लाइन काटेर दुई करोड ७५ लाख तीन हजार ४७ रुपैयाँ असुली गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म विद्युत् उपभोग गरेवापत एक हजार ५ सय ९० जना उपभोक्ताबाट दुई करोड २४ लाख ९२ हजार ६ सय ६५ रुपैयाँ राजस्व असुली गर्नुपर्नेमा एक हजार ३ सय २४ जना उपभोक्ताले पुन: लाइन जोडेको हुँदा उनीहरूबाट विद्युत महशुलको उक्त रकम असुल भएको नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका कार्यालय प्रमुख धिरेन्द्रकुमार यादवले बताए ।
आर्थिक वर्ष २०७७/०७८ मा विद्युत उपभोग गरेर विद्युत महशुल नबुझाउने २ सय ३९ जनाको लाइन काटेर पुनं: लाइन जोडेको हुँदा उनीहरूबाट विद्युत महशुलवापत ९८ लाख ८२ हजार १ सय ५१ रुपैयाँ असुल भएको नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका कार्यालय प्रमुख धिरेन्द्रकुमार यादवले बताए ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ४७ करोड ९७ लाख २० हजार २ सय ३० रुपैयाँ राजस्व संकलन गरेको नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाका कार्यालय प्रमुख यादवले जानकारी दिए ।
उक्त रकम आर्थिक वर्ष २०७७/०७८ को भन्दा चार करोड ५३ लाख ७५ हजार ४ सय ४१ रुपैयाँ बढी भएको उनले बताए । नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखा मातहत भद्रपुर, हल्दीबारी, कचनकवल, मेचीनगरको वडा नं. १४ र १५ तथा बिर्तामोडको वडा नं. ७ ,८ र १० सहित जम्मा ३० हजार ८ सय उपभोक्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्