टीभीएसको नयाँ शोरुम स्याङ्जाको वद्खोलामा «

टीभीएसको नयाँ शोरुम स्याङ्जाको वद्खोलामा

नेपालमा टीभीएस टू ह्विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैँ प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाइ छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्