सन्राइज बैंकद्वारा विद्यालयलाई सहयोग «

सन्राइज बैंकद्वारा विद्यालयलाई सहयोग

सन्राइज बैंकले बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई पानी फिल्टर गर्ने प्लान्ट हस्तातरण गरेको छ ।
करिब ३०० विद्यार्थी अध्ययन गर्ने सो विद्यालयलाई शुद्ध पानी पिउनका लागि बैंकले सो व्यवस्था गरेको जनाएको छ । बंैकले सो विद्यालयमा ३०० विद्यार्थीलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर प्लान्ट जडान गरी हस्तान्तरण गरेको हो । विद्यालयमा भएको एक कार्यक्रममा सो फिल्टर प्लान्टको उद्घाटन गरिएको थिए ।
हस्तान्तरण कार्यक्रममा सन्राइज बंैकका नायब महाप्रबन्धक अपछकुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री परमानन्द भट्टराई, विद्यालयकी प्रधानध्यापक श्रीमती शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकाल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्