स्प्राइट खाँदा स्मार्टफोन र टेलिभिजन उपहार पाउने मौका «

स्प्राइट खाँदा स्मार्टफोन र टेलिभिजन उपहार पाउने मौका

स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार उपभोक्ताले दैनिक सामसङ स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्राप्त गर्नेछन् ।
यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुने कम्पनीले जनाएको छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
यो अफरमा सहभागी हुनको लागि उपभोक्ताले बोतलको प्रमोशनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुने जनाइएको छ । साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्