प्रभु क्यापिटलको हितग्राही ग्राहक लक्षित अफर «

प्रभु क्यापिटलको हितग्राही ग्राहक लक्षित अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । ग्राहकको सुविधाका लागि प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सबीच सम्झौता भएको छ ।
यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रोमो कोडमा प्रभु क्याप १० उल्लेख गर्नुपर्ने बताइएको छ ।
यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत काठमाडौंको बत्तिसपुतलीमा रहेको रोड हाउस पिज्जाबाट समेत सेवा लिदा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार भन्दा बढी हितग्राही ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ

प्रतिक्रिया दिनुहोस्