सांग्रिला मुद्दति धमाका योजना खाता सञ्चालन «

सांग्रिला मुद्दति धमाका योजना खाता सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ ।
ग्राहकले यो योजना न्यूनतम मौज्दात दस हजारबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ । यस मुद्दति योजनाअन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।
ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्ने छन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमश: ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्नेसमेत व्यवस्था गरिएको बैंकको भनाइ छ । ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने/दिने दिनसम्म पुँजीकरण गरिएको व्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्