नेपाल एसबिआई बैंक र होटल सिताशरणबीच सम्झौता «

नेपाल एसबिआई बैंक र होटल सिताशरणबीच सम्झौता

नेपाल एसबिआई बैंक र होटल सिताशरण प्रालि जनकपुरबीच सम्झौत भएको छ ।
बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी होटल सिताशरणमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्ने बताइएको छ ।
उक्त सम्झौता बैंकका प्रदेश कार्यालय प्रमुख लेखनाथ पोखरेल तथा होटल सिताशरणका महाप्रवन्धक कमलसिंह साउदबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंक शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक दिपेन्द्र ठाकुरलगायत बैंक तथा होटलका अन्य कर्मचारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्