विद्यार्थीलाई आइएमई लाइफको बिमा साक्षरता «

विद्यार्थीलाई आइएमई लाइफको बिमा साक्षरता

बिमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बिमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बिमा साक्षरता जागरण अभियान गरिएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।
नेपालको बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको उद्देश्यलाई आत्मसात् गर्दै बिमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।
मुलुकभर गरिएको बिमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो। बिमा कम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बिमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवत: यो पहिलोपटक हो ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बिमा सम्बन्धी प्रचलित ऐनका साथै बिमाको महत्व र राष्ट्र विकासमा बिमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।
आइएमई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पूरा गरेको अवसरमा एकै दिनमा ७४८ जनालाई बिमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्