सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित «

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित

प्रतिनिधसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित गरेको छ ।
मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गरेको सो विधेयक बहुमतले पारित भएको हो । यसअघि २९ साउनमा गणपुरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढ्न सकेको थिएन ।
सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गर्न ऋण तथा जमानतसम्बन्धि कानुनी व्यवस्थालाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन सो विधेयक ल्याइएको सरकारको भनाइ छ ।सभामुख अग्नि सापकोटाले सो विधेयक प्रमाणित हुने वित्तीकै लागू हुने बताए ।
अब यो विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पनि पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानुनको रुपमा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्