देश हामीले आफैं बनाउने हो : ओली «

देश हामीले आफैं बनाउने हो : ओली

eQmk’/, @) ;fpg -/f;;_ M g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL Pdfn] pkTosf ljz]if k|b]z sld6Ln] cfh dWok’/lyldsf] af]8]df cfof]hgf u/]sf] /fhgLlts sfo{zfnfdf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैंले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैंले बनाउनुपर्ने बताएका हुन् ।
“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफँैले बनाएर बनेको छ । हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हँुदैन,” उनले भने । उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए । “चीन तीन/चार दशक अगाडि गरिब थियो । तीन/चार दशकमा ठूलो जनसंख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो । आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ,” उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन/चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए । उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्