टानमा धादिङका वरिष्ठ उपाध्यक्षसहित ५ जना निर्विचत «

टानमा धादिङका वरिष्ठ उपाध्यक्षसहित ५ जना निर्विचत

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कोहालै सम्पन्न निर्वाचनमा धादिङका पाँच जना विजयी भएका छन् । विजय हुनेहरूमा नीलहरी बास्तेला समूहबाट उम्मेदवार बनेका पाँहुन । बास्तेला समूहबाट उम्मेदवारी दिएका धादिङका कृष्णप्रसाद दाहाल वरिष्ट उपाध्यक्ष, विनोद सापकोटा महासिचव, पुरुषोत्तम तिमल्सेना कोषाध्क्ष, गणेश बहादुर अधिकारी र रामप्रसाद बन्जरा (रिचार्ड) सदस्यमा विजयी भएका छन् ।
यसैगरी धादिङ घर भई पर्यटन व्यवसाय गर्दै आएका कमल सापकोटा अध्यक्षमा पराजित भए भने उनकै समूहबाट सचिव पदका उम्मेदवार हरि कडरिया र सदस्य पदकाका उम्मेदवार दिएका राजेश थपलिया पराजित भए । वरिष्ठ उपाध्यक्ष दाहालले ५ सय ४ मत, महासचिवमा सापकोटा ५ सय ४४ मत, कोषाध्यक्षमा तिमल्सेना ४ सय ८८ मत, सदस्यमा अधिकारी ४ सय ९० र बन्जरा ५ सय ६३ मत प्राप्त गरेका छन् । टानको पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै अध्यक्षमा निर्बाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष दाहाल नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको गंगाजमुना गाउँपालिकामा जन्मेका हुन् । उनी ग्लोबल एड्भेन्चर टेकिङका प्रबन्ध निर्देशक हुन् । सन् २००२ मा अन्तर्राष्ट्रिय आरोहीहरूलाई प्रसिद्ध चुचुरो आमादब्लमको सफल आरोहण गराई लाइभ ब्रोडकास्ट गरी नेपालको पर्यटन प्रमोशनमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ । महासचिव सापकोटा नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको नीलकण्ठमा जन्मेका हुन । उनी नेपाल ट्रेक एडभेन्चर एन्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुन । नेपालको पर्यटनको प्रवद्र्धनका लागि भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत देशहरू पुगेका छन् ।
यसैगरी कोषाध्यक्ष तिमल्सेना पर्यटकीय जिल्ला धादिङको ज्वालामुखीमा जन्मेका हुन । उनी एभोव द हिमालय ट्रेकिङ्गका प्रबन्ध निर्देशक हुनुहुन्छ । पर्यटन प्रवर्धनका लागि अमेरिका, यूएई, भुटान, भारत, मलेसिया, थाइल्यान्ड, सिंगापुर, स्पेन नेदरल्यान्ड, चीन, इन्डोनेसिया, फ्रान्स, इजरायल, श्रीलंका, माल्दिभ्स, लाओस, कम्बोडियालगायतका देशहरू पुगेकाछन् । सदस्य अधकारी पर्यटकीय जिल्ला धादिङको गंगाजमुनामा जन्मेका हुन । उनी फुटप्रिन्ट एड्भेन्चरका प्रवन्ध निर्देशक हुन । ट्रेकिङ गाइडका रुपमा देशका अधिकांश ट्रेकिङ ट्रेलमा पुगेकाछन् । यसैगरी सदस्य बन्जरा पर्यटकीय जिल्ला धादिङको त्रिपुरासुन्दरीमा जन्मेका हुन् । उनी हिमालय ल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्