राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा «

राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकारमा सयर गरेकी छन् । पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएकी राष्ट्रपति भण्डारीले सोमबार बेलुका पोखरो केबलकारको अबलोकनसँगै सयरसमेत गरेकी कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले बताए ।
अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, केबलकारका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।
उनले मंगलबार बिहान पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरीे विन्ध्वासिनी मावि बाटुले चौरको हीरक जयन्तीमा सहभागी भई मंगलबार नैे तमुधी नेपालमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी भएकी थिइन् । राष्ट्रपति भण्डारीको पोखरा भ्रमणको क्रममा पोखराको सुरक्षा व्यबस्था कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्