नेप्से परिसूचक २४.८३ अंकले गिरावट «

नेप्से परिसूचक २४.८३ अंकले गिरावट

साताको दोस्रो दिन सोमबार एकैदिन उच्च अंकले बढेको नेप्से मंगलबार गिरावट भएको छ ।
मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ ।
मंगबार कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने वृद्धि भएको छ । सोमबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि मंगलबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ । तर, यता युनिलिभरको सेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ । दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ । मंगलबार रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्