स्थानीयको अवरोधले फोहोर व्यवस्थापन गर्न सास्ती «

स्थानीयको अवरोधले फोहोर व्यवस्थापन गर्न सास्ती

बञ्चरेडाँडाका बासिन्दाहरूले पटक पटक गरेको अवरोधका कारण काठमाडौं महानगरपालिकालाई फोहोर फाल्न सास्ती थपिएको छ । यता फोहोर व्यवस्थापनको दिगो समाधान खोज्न नसक्दा उपत्यकामा नै फोहोरको उरुङ्ग थपिएको छ ।
सडक तथा सार्वजनिक स्थलमामा फोहोर थुप्रिएर दुर्घन्ध फैलिन थालेको छ । फोहोरका कारण उपत्यकाबासीले सास्ती भोग्नु परेपछि विरोध सुरु भएको छ । काठमाडौं महानगरपालिकाले भने छिट्टै फोहोर व्यवस्थापन गरेर उपत्यकालाई वातावरणीय स्वच्छता कायम राख्ने आश्वासन दिएको छ । तर राजनीतिक दलहरूबीच द्वन्द्वका कारण पनि फोहोरमा राजनीति भएको टिप्पणी पनि उत्तिकै आउन थालेको छ ।
बञ्चरेडाँडाका स्थानीयको माग समयमै सम्बोधन हुन नसक्दा पटक पटक विवाद उत्पन्न भएको हो । स्थानीयले भत्किइएका सडक निर्माण हुन नसक्दा स्थानीय बासिन्दाहरूले सास्ती खेप्नु परेको भन्दै समयमा नै निर्माण कार्य सम्पन्न गर्नुपर्ने माग राख्दै आन्दोलनरत छन् । स्थानीयकै अवरोधका कारण फोहोर व्यवस्थापन गर्ने ठाउँ अभावले उपत्यकाको सडक किनारा, खोला तथा सार्वजनिक स्थलहरूमा फोहोर थुप्रिइरहेको छ ।
सोमबार पनि स्थानीय अवरोधका कारण फोहोर व्यवस्थापन गर्न महानगरपालिकालाई हम्येहम्ये परेको छ । प्रहरीको बल प्रयोग गरी फोहोर फाल्ने प्रयास स्थानीयको ढुंगा मुढाका कारण सफल हुन सकेन ।

फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका थिए । स्थानीय बासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीय बासिन्दाबीच झडप सिर्जना भएको थियो । प्रहरीले स्थानीय बासन्दिलाई
काठमाडौं महानगरले सोमबार दुई सयभन्दा बढी गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । तर हालसम्म ५० वटा गाडीको फोहोरमात्रै झारिएको छ । अरु गाडी बाटोमै फोहोर फाल्ने प्रतीक्षामा छन् ।
महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नेपाल टिपर व्यवसायी संघसँग डिजेल र चालक भत्ता दिनेगरी २ सय ५० टिपरलाई भाडामा लिएर फोहोर पठाएको जानकारी दिए । महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्ने भन्दै १ साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्टयाउन लगाएको थियो । सर्वसाधारणहरूले फोहोर छट्टयाउन थाले पनि महानगरपालिकाले सडक बिग्रिएकाले फोहोर डम्पिङका लागि लैजान नसकेकाले कार्यान्वयनमा भने समस्या थपिएको स्वीकार गरेको छ ।
कुुहिने फोहोरलाई मलको रूपमा प्रयोग गर्न सकिने र नकुुहिने फोहोरलाई रिसाइकल गर्ने नीति लिए पनि आवश्यक प्रविधि खरिदका लागि चाहिने वित्तीय स्रोत व्यवस्थापनमा देखिएको चुनौतीका कारण तत्काल कार्यान्वयन हुन नसक्ने महानगरपालिकाको भनाइ छ ।
स्थानीयबासीसँग पटकपटक सम्झौता भए पनि विवाद भने बेलाबेलामा बल्झिरहेको छ । स्थानीयसँगको विवादसँगै काठमाडौंको फोहोर व्यवस्थापनमा पनि चुनौती थपिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्