‘खयर भारानी’ माधार्मिक पर्यटक बढे «

‘खयर भारानी’ माधार्मिक पर्यटक बढे

प्रख्यात शक्तिपीठको रुपमा चिनिएको खयर भारानीमा धार्मिक पर्यटक पछिल्लो समय बढेका छन् ।
पाउद्वार गाउँको शिर (४,६३० मिटर) मा अवस्थित भारानीको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा बसेकी भारानी । खयरतालको दक्षिणपश्चिम किनारामा छ उनको थान । खयर भारानीको पूजा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन भव्य रुपले गरिन्छ । भारानीसँग मनले चिताएको वर मागे पूरा हुने जनविस्वास रहेको छ ।
एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । ‘मलाई विधा, धनप्राप्ति र मनका सबै इच्छा पुर्‍याइदिनुस्’ भनेर एक पटक धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास रहेको खयर भारानीथान तथा क्षेत्र संरक्षण कोषका अगुवा राजु पुनले बताए । ‘भारानीले भक्तजनको माग पूरा गर्छिन ।’ भारानीदर्शन गर्ने मौलिक विधि छ । जनै पूर्णिमा मेलामा बर्सेनि हजारौं भक्तजनले उनको दर्शन गर्छन् । उनलाई धजा, अक्षता फूल, गहना, सुनचाँदी, नरिवल र पाठा चढाउँछन् । मेला भर्नेहरु हरेह रात सेदो गीत (खयर भारानीको महिमा) गाउँछन् ।
प्राकृति हिसावले समेत खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृंखला आँखै अघि देखिन्छन् । रमणीय ठाउँमा छिन् खयरभारानी । खयरतालको वातावरण पनि शान्त छ । ताल करिव १० हजार वर्ग मिटरमा फैलिएको छ । पहिला पहिला जनै पूर्णिमाका दिनमा मात्र तीर्थालु खयर भारानीथान पुग्थे । अचेल वर्षैभरि स्वदेशी तथा विदेशीसमेत पदयात्रा गर्छन् । खयर क्षत्रेको विकास र प्रवद्र्धनमा ‘खयर भारानीथान तथा क्षेत्र संरक्षण कोष क्रियाशिल छ ।
खयरभारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान निर्माणलगायतका पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवका रुपमा समाजसेवी एवम् पूर्व बेलायती सेनाका लेफ्टिनेन्ट राजु पुनले नेतृत्व गर्दै आएका छन् । पाउद्वारवासीले गाउँदेखि खयर लेकसम्म पुग्ने विभिन्न जोखिमयुक्त ठाउँमा पदमार्ग र चौतारी, बासस्थान तथा खाने बस्ने सुविधाका होटलहरु निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्