देश विकासका लागि सबैले आफ्नो तागत लगाऔँ : प्रचण्ड «

देश विकासका लागि सबैले आफ्नो तागत लगाऔँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन् । उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताए । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै उनले देशको इतिहास, भूगोल, संस्कृति र जातिय बनावट अनुकूल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताए ।
अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिए । उनले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भूमिका हुने बताए । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्