समृद्धि फाइनान्सद्वारा शैक्षिक सामग्री सहयोग

समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण गरेको छ ।
फाइनान्सले हेटौडा उपमहानगरपालिका–१ मा रहेको अमर माध्यमिक विद्याालय, काठमाडौंको महाराजगञ्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल उपमहानगरपालिका–११ मा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो । सो कार्यक्रम अन्तरगत २७० विद्यार्थीलाई विभिन्न शैक्षक सामग्री वितरण गरेको कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक व्याजदरलगायतका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजनाअन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।