प्रदेश संसद्मा प्रहरीका दुई सय मर्यादापालक «

प्रदेश संसद्मा प्रहरीका दुई सय मर्यादापालक

प्रदेश संसद्मा प्रहरीका दुई सय मर्यादापालकप्रदेश संसद्मा प्रहरीका दुई सय मर्यादापालकड्ड चौकीका प्रहरी कटौती गरेर भीआईपीको सुरक्षाकारोबार संवाददाताकाठमाडौं, १७ माघसंसद् सचिवालयले ७ वटै प्रदेश संसद्का लागि करिव २ सय मर्यादा पालक खटाउने भएको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयपछि संसद् सचिवालयले हरेक प्रदेश संसद्का लागि २० देखि ३० जना मर्यादा पालक खटाउने तयारी गरेको हो ।

 नियमित शान्तिसुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणमा तैनाथ हुँदै आएका जिल्ला प्रहरी, इलाका/वडा प्रहरी र चौकीमा कार्यरत जनशक्ति कटौती गरेर मर्यादा पालकको रुपमा तयार पारिएको हो । 

यसका लागि संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय जारी राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश संसद्को बैठक बस्नु अगावै मर्यौदापालकको व्यवस्था गर्नुपर्ने भएपछि प्रहरी मुख्यालयले पोशाक सहित मर्यादापालक तालिम समेत दिन सुरु गरिसकेको छ ।

“प्रदेश सरकार र प्रदेश संसद्का चाहिने मर्यादापालक र विशिष्ठ व्ग्यक्तिको सुरक्षामा खटिने अंगरक्षक नियमित शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणमा खटिने जनशक्ति कटौती गरेर उपलव्ध गर्नुपर्ने बाध्यता छ,” प्रहरीका एक अधिकारीले भने, “अहिले जिल्ला देखि चौकी तहसम्म कार्यरत जनशक्तिबाट यसको व्यवस्था गरिएको छ ।

”हरेक प्रहरी युनिटबाट ६ देखि १० जना सम्म जनशक्ति प्रदेशका भीआईपीको सुरक्षाका लागि उपलव्ध गर्नुपर्ने बाध्यता रहेको ती अधिकारीले भने ।प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयले सातवटै प्रदेश प्रहरी मूख्यालयलाई परिपत्र गरी प्रदेश संसद्का लागि मर्यादा पालक तयारी हालतमा राख्न निर्देशन गरीसकेको छ । मर्यादा पालक र प्रदेश संसद् तथा प्रादेशिक सरकार अन्तर्गतका भीआईपीको सुरक्षा गर्न हरेक जिल्ला प्रहरी देखि इलाका/वडा र चौकी स्तरबाट जनशक्ति कटौती गरेर जनशक्ति जुटाउन प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी मूख्यालयहरुलाई परिपत्र गरीसकेको छ ।प्रदेशका भीआईपीको सुरक्षाका लागि ५ हजार ३ सय भन्दा बढी जनशक्ति चाहिने भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष प्रदेशका विशिष्ठ व्यक्तिको सुरक्षा सम्वन्धि निर्देशिकाको मस्यौदा पेश गरीसकेको छ ।

नीरज पिठाकोटे

प्रतिक्रिया दिनुहोस्