यामाहा रेजेडआर फेन्टासीको ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य «

यामाहा रेजेडआर फेन्टासीको ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य

नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन् ।
फुटबल जगतकै भव्य मानिने इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत ६ अगस्टबाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ । इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर कम्प्युटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरू माझ लोकप्रिय बन्दै आएको छ । पछिल्लो वर्षको तथ्यांकअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।
यस सिजनको नेपालको ‘फेन्टासी प्रिमीयर लिग’ लाई आयोजना गर्न फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ । गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस्