गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर «

गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर

d+unaf/ klg v’Nnf /x]kl5 uf]/vf ;+u|fxfno cfPsf ko{6s . tl:j/ xl//fd pk|]tL÷sflGtk’/

गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष संग्रहालय भ्रमण गर्नेको संख्या दोब्बर भन्दा बढि रहेको संग्रहालयले जनाएको छ ।
कोरोना संकटका कारण गरिएको लकडाउनले आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार २ जनाले मात्रै संग्रहालय भ्रमण गरेका थिए । तर कोरोना संक्रमणको दर घट्दै गएसँगै संग्रहालय खुल्ला हुन थालेपछि २०७८/०७९ मा संग्रहालय भ्रमण गर्नेको संख्या ७६ हजार ३ सय २८ पुगेको कार्यालय प्रमुख नवराज अधिकारीले बताए ।
जसमध्ये ३ सय १ जना सार्क राष्ट्रबाहेक अन्य देशका, ५९ जना सार्क राष्ट्रका, ४९ हजार ८ सय नेपाली र २६ हजार १ सय ५२ जना विद्यार्थी छन् । गत वर्ष संग्रहालय घुम्नेको संख्या आर्थिक वर्ष २०७६/०७७ कै हाराहारीमा रहेको कार्यालयको तथ्यांक छ । सो आर्थिक वर्ष ७६ हजार ३ सय ७९ जनाले संग्रहालय भ्रमण गरेका थिए ।
अवलोकन गर्नेको संख्या बढेसँगै राजस्व पनि बढेकोे संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । “अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व संकलन बढेको छ” उनले भने, “अघिल्लो वर्ष ८ लाख ६० हजार ८ शय ८५ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष १६ लाख ६८ हजार ५ सय ७० रुपैयाँ राजस्व उठ्यो ।” जसमध्ये १५ लाख ४१ हजार १ सय ७० रुपैयाँ प्रवेश शुल्कबाट संकलन भएको हो । क्यामेरा प्रवेश, छायांकन शुल्क र पसल कबल भाडामा १ लाख २७ हजार ४ सय रुपैयाँ संकलन भएको छ ।
गोरखा राज्य र नेपाल एकीकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडवर्तन, विभिन्न जातीका पहिचान झल्कने सामग्री, बाजालगायतका सामग्री संग्रहालयमा राखिएको छ । तत्कालीन राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरवारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो ।
परम्परागत नेपाली वास्तु शैलीबाट बनेको लगभग अन्तिम दरवार भएकाले सो सम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य विन्दू बन्ने गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए ।
यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी लिन चाहनेहरुले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् । संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरवार चार रोपनी क्षेत्रफलमा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्