टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी «

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

नेपाली बजारमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनको माग उच्च रहेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ ।
एसयूभी बढी शक्तिशाली र आकर्षक हुने भएकाले नेपाली बजारमा माग उच्च रहेको कम्पनीले दाबी गरेको छ । मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा भएको कारण नेपाली बजारमा यसको माग उच्च भएको कम्पनीले जनाएको छ ।
१२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता रहेको छ । २०९ मिलिमिटर लामो ’ग्राउन्ड क्लेरेन्स’सहित ६ वटा म्यानुएल र स्वचालित गियर रहेको छ ।
२७ जुलाइ २०२१ मा नेपालमा बिक्री वितरण आरम्भ गरिएको थियो । अहिले १८ भन्दा बढी फास्ट चार्जिंङ र १२० भन्दा बढी स्लो चर्जिंङ सञ्जालहरूसहित यस ईभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिंङ एपको सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्