सन्राइज बैंकद्वारा चौतारी निर्माण «

सन्राइज बैंकद्वारा चौतारी निर्माण

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सन्राइज बैंकले सुनवलको वडा नं ३ स्थित किर्तिपुरमा चौतारीको निर्माण गरेको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरेर सो चौतारी हस्तान्तरणसमेत गरेको छ । स्थानीय विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्‍याएको नगर प्रमुख बिमला अर्यालले बताइन् ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको एक प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको जनाएको छ । गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्