मुक्तिनाथ विकास बैंकसँग हिमाल डेन्टल र भिभान्ता डेन्टलको सम्झौता «

मुक्तिनाथ विकास बैंकसँग हिमाल डेन्टल र भिभान्ता डेन्टलको सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउमा शाखा रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्