ललितपुरको टौखेलमा एभरेष्ट बैंकको शाखा «

ललितपुरको टौखेलमा एभरेष्ट बैंकको शाखा

एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८औंशाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आइबार समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा उपलब्ध गराउन नयाँ शाखा खोलेको जनाएको छ । सो कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्परत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्घय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने बताए । स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्