दराज मल फेस्ट घोषणा «

दराज मल फेस्ट घोषणा

अनलाइन बजार दराजले ३० साउनदेखि दराज मल फेस्ट सुरु गरेको छ ।
यस अभियानले दराज मलमार्फत दराजका ग्राहकलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्नेमा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषतामा एड टु कार्ट एण्ड विन, सात हजार रुपैयाँसम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको कम्पनीले जनाएको छ ।
दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिङ मल हो जसमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेको कम्पनीको भनाइ छ । शतप्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराज मलले ग्राहकलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्ने बताइएको छ ।
विगतमा जस्तै, ग्राहकले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्