Logo

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव

चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
सिजी ल्यान्डमार्कले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिएका छन् । वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले जानकारी दिए ।
सहरभित्रको सहर नाराका साथ सञ्चालन भएको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । सो मनसुन अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटले आकर्षक छुट दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्